काठमाडौं, १८ पौष । रातो खबर साप्ताहिकका पत्रकार भिम चापागाईंलाई गैर कानुनी थुनामा राखिएको भन्दै जनपत्रकार संगठन नेपालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको छ ।

संगठनको तर्फबाट केन्द्रीय सदस्य बिनोद श्रेष्ठले शुक्रबार सर्वोच्च अदालमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो । चापागाईलाई पुस १३ गते काठमाडौंबाट प्रहरीले गिरफ्तार गरेको थियो । पक्राउपछि चापागाईंलाई अभद्र व्यवहारको मुद्दा लगाइएको छ । पक्राउको संगठनले विज्ञप्ति निकालेर विरोध जनाएको थियो ।
चापागाँईलाई विनाशर्त रिहाई गर्न र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग जनपत्रकार संगठनले माग गरेको छ ।