कालिकोट, १९ पौष । प्रतिकुल मौसमका बाबजुत पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालीकोटले  खिनमा जनसभा गरेको छ ।

जनताको माग अनुसार कालिकोट खिनमा भब्य जनसभा गरिएको कालिकोटका सेक्रेटरी रणदीपले जानकारी
दिनुभयो ।

वसन्तको सभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथि रणदिपले रणदिपले  अमरिकी परियोजना एमसीसी को चर्को बिरोध गर्नुभयो । उहाँले एमसीसी परियोजना भित्राउने प्रयास गरेर जनतालाई धोका दिने र ३ करोड नेपाली जनतालाई मूर्ख बनाउने कोशिस भएको उल्लेख गर्नुभयो ।

सेक्रेटरी रणदिपले  कुनै पनि हालतमा एमसीसी  कार्यन्वयन गर्न नदिने चेतावनी दिनुभयो । जनसभामा सामना सांस्कृतिक परिवारले जनसांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।