कञ्चनपुर, २० पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल ( क्रान्तिकारी) कञ्चनपुरको १६ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले ललितको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलनपछि अध्यक्ष ललितले निकालेको विज्ञप्तिमा भनिएको छ,’कथित कम्युनिष्ट सरकार को कायरतापूर्ण व्यवहार र अघोषित रूपमा हाम्रो विद्यार्थी संगठनमाथि समेत अघोषित प्रतिबन्ध बाबजुद सम्मेलन सभ्य र भब्य रूपमा सम्पन्न गरेका छौं।’

सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षाको प्राप्ति लागि निरन्तर संघर्ष गर्ने, शैक्षिक माफियाको भन्डाफोर गर्ने लगायतका महत्वपूर्ण निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।