काठमाडौ, २३ पौष । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाललाई गिरफ्तार गरेको छ ।
सिलवाललाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले जानकारी दिए ।
नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नंं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नंं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अारोप सेक्रेटरी सिलवालमाथि लगाएको छ ।