काठमाडौं, २४ पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन युवा संगठन नेपालले केन्द्रीय सदस्य शंकर तामाङलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ ।
नुवाकोट घर भएका तामाङमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक विचलन देखिएको भन्दै कारबाही गरिएको कार्यवाहक अध्यक्ष दिनेश ले निकालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,’
संगठनका केन्द्रीय सदस्य शंकरमा आर्थिक विचलन, सांस्कृतिक विचलन देखिएको, पार्टी र संगठनलाई अस्वभाविक अभिव्यक्ति दिदै आएको कारणले आजैको मिति ०७६ पौष २३ गतेदेखि संगठनको साधारण सदस्य समेत नरहने गरि संगठनबाट निस्काशन गरिएको प्रेस विज्ञप्ति मार्फत संगठन आम युवा, जनसमुदायमा जानकारी गर्दछ ।’