रुपन्देही २४ पौष । गरिमा विकास बैंक लिमिटेडले रुपन्देहीको मुर्गियामा बुधबार शाखा कार्यालय विस्तार गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४, मुर्गियामा नयाँ शाखा विस्तार गरेको हो ।

शाखाको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले एक कार्यक्रमकाबीच शाखाको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देहीको मुर्गियास्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले आधुनिक सुविधासहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।