मकवानपुर, २४ पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस समितिले शुल्कबृद्धि खारेजको माग गरेको. छ ।
क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्ययलाई ज्ञापनपत्र बुझाउँदै अखिल क्रान्तिकारीले शुल्कबृद्धिलाई खारेज गर्दै पुरानै शुल्क कायम गर्नु माग गरेको हो ।
ज्ञापनपत्र बुझाउँदै क्याम्पस कमिटी अध्यक्ष रविनले शुल्कबृद्धि खारेज नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।