कास्की, २५ पौष । कास्कीमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको अरोपमा तीन जनालाई गिरफ्तार गरेको छ ।

पोखरा -१४ नयाँ गाँउ  घरमा बसिरहेका शुक्रबार विहान उनीहरुलाई गिरफ्तार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।पक्राउ पर्नेमा लोकेन्द्र राई, हिट्टान मगर र बिकास सुनार रहेका छन् ।

प्रहरीले प्रकाउ गरेका ३ नै युवा सामान्य मजदुरी गर्दै आएका थिए। परिवार स्रोतले दिएको जानकारी अनुसार बिकास सुनार नयाँ बस्ती टोलका पुर्व अध्यक्ष हुन भने अहिले उनी पदयात्रामा भरीया काम गर्दै आइरहेका थिए। दुवै युवा चट्टान पनि सामान्य रंगरोगन र मजदुरी गर्दै आएको परिवारको भनाई छ।