अनखबर
परासी, २५ पुस । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल पश्चिम नवलपरासी जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ ।
बर्दघाट नगरपालिका–४ बस्ने २६ वर्षीय सापकोटालाई सरावल गाउँपालिकाको तिलकपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी विरेन्द्र थापाले जानकारी दिए ।

उनीमाथि दुई वटा घटनामा अभियोग लगाई सांगठनिक अपराध मुद्दामा कारबाही प्रकृया अघि बढाइएको थापाले बताए ।