अनखबर
बुटवल, पौष २५ । अखिल (क्रान्तिकारी) रुपन्देहीले आफ्नो संगठनको सहभागिताविना बुटवल उपमहानगरपालिकाले निजी शिक्षण संघसंस्थाहरुलाई तीन श्रेणीमा वर्गीकरण गर्दै चर्को शुल्क निर्धारण गरेको भन्दै यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
शुक्रबार एक प्रेश विज्ञप्ती जारी गर्दै अखिल (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष गोपाल रोकाले उक्त निर्णय तत्काल गर्न माग गरेका छन् । विज्ञप्तीमा भनिएको छ, “बुटवल उपमहानगरपालिकाले बिद्यार्थीहरू र बिद्यार्थी संगठनको सहभागिता बिना नै एकलौटी ढङ्गले बुटवल उपमहानगरभित्रका निजी शिक्षण संस्थाहरूलाई तीन श्रेणीमा वर्गीकरण गर्दै चर्को शुल्क निर्धारण गरेको छ । बुटवल उपमहानगरको यस निर्णयप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । उपमहानगरले निर्धारण गरेको चर्को शुल्क तुरुन्तै खारेज गर्न हाम्रो संगठनले जोडदार माग गर्दछ ।” विज्ञप्तीमा निर्णय फिर्ता नलिए कडा सङ्घर्षमा जाने चेतावनी समेत दिएको छ ।
केही दिन अगाडी बुटवल उपमहानगरले यसरी श्रेणी बिभाजन गरि शुल्क निर्धारण गरेको थियो ।
यस्तो छ विज्ञप्तीको पूर्णपाठ–