अनखबर काठमाडौं, २५ पुस । प्रहरीले सर्वाेच्च अदालतको अादेश विपरित विप्लव नेपाल कम्युनिष्ट पार्टीका नेता रामबहादुर कुँवरलाई गिरफ्तार गरेको छ ।
सर्वोच्च अदालतले कुँवरको गिरफ्तारी गैर कानुनी भन्दै रिहा गर्न अादेश दिएपनि प्रहरीले उनलाई अदालतको गेटबाटै पक्राउ गरेको हो । कुँवरलाई गेटबाटै लछारपछार गर्दै प्रहरीले लिएर गएको थियो ।
उनलाई पुस १३ गते पर्वत जिल्ला अदालतले रिहा गरेपनि परिसरबाटै गिरफ्तार गरिएको थियो । गिरफ्तारी गैरकानुनी भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कुँवरलाई रिहा गर्न अादेश दिएको हो । तर, प्रहरीले फेरि गिरफ्तार गरेको छ । प्रहरीले सर्वोच्च अदालतको गेटबाट कुँवरलाई गिरफ्तार गर्दाको दृश्य: