अनखबर स्याङ्जा, २६ पुस । स्याङ्जामा एनसेलको टावरमा आक्रमण भएको छ । गल्याङ नगरपालिका अन्तर्गत तुलसीभङ्ज्याङमा रहेको टावरमा गएराती आक्रमण भएको हो।

अपरिचित समूहले गरेको  आक्रमण टावर ध्वस्त भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

कास्की पोखराको मास्टन र रेयालेमा रहेको दुईवटा टावरमा  आगजनी भएको छ । अगजनीबाट टावरमा क्षेति पुगेको छ । आगजनीको जिम्मा कसैले लिएको छैन ।