अनखबर कालिकोट, २६ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाका विभिन्न ठाउँमा भईरहेको आफ्नो राजनीति तथा सांस्कृतिक अभियानमा जनसहभागिता बढी रहेको बताएको छ ।

शुभकालिकाबाट उद्घाटन भएको कार्यक्रम शुक्रबार रास्कोटनगरपालिको फुक्कोटसम्म अाउँदा कार्यक्रम सफलता पूर्वक अगाडि बढिरहेको ने.क.पा. कालिकोटले जनाएको छ । फुक्कोटमा भएको  जनसभालाई प्रमुख अथिती जिल्ला ईन्चार्ज बिराट र सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए ।

जिल्ला सेक्रेटरी रणदिपले आफ्नो पार्टीलाई  दलालहरुले जबर्जस्त युद्धमा धकेल्न खोजेको र आफ्नो पार्टी कुनैपनी हालतमा युद्धमा नजाने बताए । सिंहदरबारको सपना बाड्दै जनतालाई लुट्नेहरुसङ्ग अाफूहरुको लडाइँ भएको भन्दै  सयोग गर्न उनले आग्रह  गरे ।

एप