अनखबर दाङ, २६ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’ सहित राेल्पाका ३ जनालाई तुलसीपुर कारागारबाट राेल्पा कारागार लगिएको छ ।

पार्टीको राप्ती ब्युरो बैठकबाट गिरफ्तारमध्ये घर राेल्पा गृह जिल्ला भएका पार्टीका तत्कालीन राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’, तत्कालीन राेल्पा इन्चार्ज सन्ताेष सुवेदी ‘प्रयास’ र पाेष्टमान घर्ती मगरलाई अाज बिहान ५ बजेतिर राेल्पा जिल्लाकाे कारागार लगिएको स्रोतले जनाएको  छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित  दाङ राजपुरबाट पार्टीको ब्युरो बैठकबाट गिरफ्तार २१ जनालाई प्रति व्यक्ति जनही १५/१५ हजार धराैटीमा रिहा गर्न जिल्ला अदालत दाङले आदेश दिएकाे थियो । तर अदालतकाे अादेश नमानेर सरकारले व्यापक प्रहरी तैनाथ गरेर फेरि गिरफ्तार गर्ने याेजना बनाएपछि अदालतकाे फैसला गरेको दिन धराैटी नबुझाएर सबै जना कारागार चलान भएका थिए ।
जना यसअघि नै ४ जना कारागारबाटै यही पुस १६ गते धराैटी बुझाएर रिहा हुन खाेज्दा प्रहरीले अदालतबाटै फेरि गिरफ्तार गरि ४ जनालाई कपिलवस्तु पुर्याएको छ ।