अनखबर काठमाडौं, २६ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसका लागि हाम्रो पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको छ ।’
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार अारोपमा मुछिएर राजिनामा दिएपछि पद खाली छ । उपसभामुख तुम्बाहाम्फेलाई राजिनामा गराउने भनेेेपनि सभामुख बन्ने व्यक्तिको टुंगो भने लागिसकेको छैन ।