अनखबर / बुटवल, पुस २६ ।

रुपन्देहीको सैनामैनामा सञ्चालित चौंथो राष्ट्रिय सैनामैना कृषि , पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सव अन्तर्गतकाे मम्मी डान्स प्रतियोगिताकाे ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।

१७ जना प्रतिस्पर्धीलाइ पछि पार्दै बुटवलकी चेली कल्पनाले प्रथम हुदै उपाधि चुमेकी हुन् । उनले ताज,नगद २० हजार रुपै‌ँया,प्रमाणपत्र र सम्मानपत्र जितेकी छन् ।

उनलाइ सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री,नेपाली काँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिब दिपक अधिकारी , संघका सचिब हिमाल गैरे,डान्स प्रतियोगिताका संयोजक चन्दा भण्डारी लगायतले पुरस्कार प्रदान गरे ।

उनी यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाकाे आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् ।

प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतिय हुन सफल भइन् । उनीहरुलाइ क्रमश नगद १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे ।

साे कार्यक्रमकाे स‌ंचालन संचारकर्मी कृष्ण भण्डारीले गरेका थिए । प्रतियोगितामा १७ सहभागि मध्येबाट पहिलाे दिनकाे नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए । त्यस्तै, आज डान्स आइडल,राष्ट्रिय कलाकार पशुपति शर्मा,रितु थापा,शारदा प‌गेनी,पुरुषाेतम पाैडेल, लगायतकाे प्रस्तुती रहेकाे स‌ास्कृतिक उपसमिति संयाेजक हिमाल गैरेले बताए ।


मम्मी डान्स प्रतियोगिताकाे उपाधि सहित कल्पना डुम्रे ज्ञवाली । तस्वीर : नागरिक आवाज ।

२२० स्टल रहेको मेलामा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका महासचिब दिपक अधिकारीले जानकारी दिए । राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव माघ ६ गते सम्म संचालन हुने लाेकनाथ अधिकारीले बताए ।