अनखबर काठमाडौं, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको बिबाद नटुंगिएपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ ।

सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएपनि सभामुख को बन्ने भन्ने बिषयमा सहमति भएको छैन ।
कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई  पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो । तुम्बाहाम्फेले भने सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छन् ।