अनखबर दाङ, २७ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सडक डिभिजन कार्यालय दाङका प्रमुखलाई कालो मोसो दलेको छ ।

दाङमा सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् ।

ने.क.पा.का कार्यकर्ताहरुले आइतबार चौधरीको कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् । कारबाहीको कारणसहितको विज्ञप्ति: