अनखबर कालिकोट, २७ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाका विभिन्न ठाउँमा राजनीतिक तथा सांस्कृतिक अभियान तिब्र पारेको छ ।

ने.क.पा.ले आइतबार रास्कोट नगरपालिका  मुम्रामा जनसभा सम्पन्न गरेको छ । जनसभालाई सम्बोधन गर्दै प्रमुख अथिती जिल्ला ईन्चार्ज  बिराटले आफ्नो पार्टीलाई सामान्य राजनीतिक कार्यक्रम गर्न पनि नदिईएकोमा अापत्ति प्रकट यो  कस्तो लोकतान्त्रिक हो भन्दै प्रश्न गरे।

सेक्रेटरी रणदिपले आफ्नो पार्टीला जबर्जस्त युद्धमा धकेल्न खोजेको अारोप लगाए ।  आफ्नो पार्टी सेना, प्रहरीसँग भन्दा देशका लुटेरा, भ्रष्टाचारीहरुसँग लड्न खोजेको रणदिपको भनाई थियो ।

रणदिपले आफूहरु कुनैपनी  हातलमा युद्धमा नजाने र सिंहदरबारको सपना बाँड्दै जनतालाई लुट्नेहरुसँग लड्ने बताए ।