अनखबर काठमाडौं, २७ पुस । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।
मन्त्रालयले कपिलवस्तु, रौतहट र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हुो।
कपिलवस्तुमा दीर्घनारायण पौडेल, रौतहटमा वासुदेव घिमिरे र सोलुखुम्बुमा रमा आचार्यलाई पठाईएको छ ।
पौडेल अध्यागमन कार्यालय, घिमिरे कारागार व्यवस्थापन विभाग र आचार्य गृह मन्त्रालयमा कार्यरत थिए।