अनखबर दाङ, पौष २८ । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सदस्य इश्वरी पाण्डेलाई प्रहरी गिरफ्तार गरेको छ । तुलसीपुर-९ शिवपुरबाट सोमबार बिहान बिरामी बाेक्ने सन्जीवनी एम्बुलेन्स चढेर गएको प्रहरी टाेलीले पाण्डेलाई गिरफ्तार गरेको पारिवारिक श्रोतले जनाएको छ ।
बिरामी बाेक्ने एम्बुलेन्समा प्रहरी जस्तो निकाय चढेर राजनीतिक पार्टीका सदस्यलाई अराजनीतिक ढंगले गिरफ्तार गरिएको भन्दै ने.क.पा. दाङले अापत्ति जनाएकाे छ ।
देश र जनताको मुक्तिका खातिर लागिरहेको घाइते याेद्धा समेत रहेका पाण्डेलाई गिरफ्तार गरिएको भन्दै सम्पूर्ण मानवअधिकारवादी, सम्बन्धित निकायकाे ने.क.पा.ले ध्यानाकर्षण गराएको छ ।