अनखबर काठमाडौं, पौष २८ । बागमती प्रदेश सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आगामी माघ १० गते पर्ने तामाङ समुदायको चाड ल्होसार पर्वका दिन बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।
बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, लगायतका निर्णय गरेको छ ।
बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ भक्तपुर र ललितपुर गरी १३ जिल्ला छन् । प्रदेश सरकारको निर्णय सँगै यिनै १३ जिल्ला छन् ।