अनखबर बाजुरा, पौष २८ । बाजुरा जिल्ला अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वलीसहित १६ जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो ।
सोमबार भएको पेसी बहसमा वली लगायतको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु बाजुरा बार एसोसियसनका अध्यक्ष गगन रावल, सचिव पूर्ण रावत, हर्क खडायतले बहस गरेका थिए । बरामदी मुछुल्का नभई बनावटी भएको र कुटपिट गरि यातना दिएर बयान गराएको प्रतिवादीहरुको बयानमा उल्लेख छ ।
उनीहरुलाई कार्तिक २२ गते सुक्रबार गौमुल गाउँपालिका ३ स्थित माझपाली बाजुराबाट पक्राउ गरिएको थियो ।
ओलीसहित पक्राउ पर्नेहरुमा डम्बर सुनार, नरेश शाही, दीपक प्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा,उदय कशेरा, राजेश कुमार शाही, डबल बहादुर नेपाली, धर्म्सिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक, सृष्टि सिंह छन् ।
कात्तिक २४ राति बाजुराको गौमुल गाउँपालिका- ३ माझपालीबाट वलीसहित १६ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।