अनखबर बाँके, पौष २८ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँकेको ११ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले कल्पना रोकायाको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी बाँकेका सेक्रेटरी अनिल के.सी, विशेष अथिती अनेमसंघ क्रान्तिकारीकी कर्णाली संयोजक सयोजक शान्ति र अथिती अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मदन लगायत नेताहरुको सहभागिता थियो ।