अनखबर पाल्पा, पौष २८ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रैनादेवी गाउपालिका १ छहरा सिद्धेश्वरमा रहेको सिद्धेश्वर चुनढुङ्गा खानीमा वम बिस्फोट गरेको छ ।

प्राकृति स्रोतसाधनको दोहन गरेको, स्थानिय जनता र ब्यवसायीलाइ भ्रममा पारेको , नेकपाको जनसत्तामा दर्ता नगरेको भन्दै जिल्ला जनपरिषद पाल्पाले बिष्फोट सहित दर्जन बढी बमहरु राखेको जनाएको छ ।

गुल्मी र अर्घाखाँचीको सिमावर्ती क्षेत्रमा पर्ने पश्चिम पाल्पामा रहेको रैनादेवी गाउपालिकामा बिगत देखी नै नेकपाले आफ्नो गतिविधिलाइ तिब्र बनाउदै लगेको छ ।

चुनढुङ्गा खानी संचालकहरुको बदमासी बारेमा पाल्पामा बिगत देखी नै बिभिन्न खाले बिरोध र जनस्तरबाट आलोचना हुदै आएको छ ।