अनखबर कालिकोट, पौष २९ । कलिकोटमा सत्तारुढ नेकपाका कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

ने.क.पा.ले कालिकोटमा सोमबार कालिकोटका गरेको जनसभामा सत्तारुढ नेकपाका कार्यकर्ता नवराज सिंखडा सहित ३ जना विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेको कालिकोट सेक्रेटरी रणदीपले जानकारी दिए ।

पार्टी प्रवेश गरेकालाई सेक्रेटरी रणदीपले टिका लगाएर स्वागत गरेका थिए ।