अनखबर कालिकोट, पौष २९ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रीय जनजागरण तथा साँस्कृतिक कार्यक्रम अन्तर्गत कालिकोटको शान्नि त्रिवेणी गाउँपालिको मेहलमुडिमा कार्यक्रम सम्पन्न भएकाे छ ।
ने.क.पा मेहलमुडि गाविस ईन्चार्ज निर्भिककाे अध्यक्षता भएको कार्यक्रमको कालिकोट ईन्चार्ज बिराट प्रमुख अतिथि र जिल्ला जनपरिषद प्रमुख अर्जुनकाे विशेष अतिथि थिए ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा जिल्ला ईन्चार्ज बिराटले बर्तमान सरकार काण्डै काण्ड र लुटतन्त्रले भरिपूर्ण भएकाे टिप्पणी गरे। अहिलेकाे व्यवस्थाले जनतालाई अल्मल्याई रहेकाले सचेत रहन समेत अाग्रह गरे ।
कार्यक्रममा विशेष अथिति जिल्ला जनपरिषद संयाेजक अर्जुनले अन्तिम पटक नेपाली युवाहरु एकजुट भएर एकीकृत जनक्रान्तिबाट बैज्ञानिक समाजबाद ल्याउन लाम्बद्द हुन अाग्रह गरे । कार्यक्रममा कर्णाली ब्युराे र सामना परिवारका कलाकारहरुले जनसांस्कृतिक प्रस्तुती दिएका थिए ।