अनखबर काठमाडौं, माघ १। विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी ललितपुरका सेक्रेटरी र युवा संगठनका अध्यक्षलाई प्रहरीले गिरफ्तार गरेकोे छ ।
बुधबार दिउँसो ललितपुरका जिल्ला सेक्रेटरी रमेश डंगोल र युवा संगठनका जिल्ला अध्यक्ष सन्तमान स्याङतानलाई प्रहरीले प्रक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई ललितपुरको तिखिदेवलबाट पक्राउ गरेको जनाएको छ । चन्दा संकलन, एनसेल टावरमा क्षति पुर्याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।