अनखबर काठमाडौं, माघ १। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बालुवाटारमा रहेको ललिता निवासको १ सय १५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ ।

पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले शोभाराम ढकालको घरमा सेवोटेज गरिएको ने.क.पाले जनाएको छ ।
बुधबार साँझ ने.क.पा.ले  ढकालको घरमा बिस्फोट गराएको थियो ।