अनखबर काठमाडौं, माघ २ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट युवा संगठन नेपालले केन्द्रीय सदस्य सन्तमान तामाङलाई ललितपुरको तिखिदेवलबाट गिरफ्तार गरेको प्रति अापत्ति जनाएको छ ।
कार्यवाहक अध्यक्ष दिनेशले निकालेको विज्ञप्तिमा भनिएको छ,०७६ माघ १ गते दिउँसो सामाजिक फासिवादी कथित कम्युनिष्ट सरकारको गृह प्रशासनले विनाकारण गिरफ्तार गरेको घटनाप्रति संगठन निन्दा एवं घोर भ्रत्सना गर्दछ ।
अध्यक्ष दिनेशले तामाङलाई ससम्मान तुरून्त रिहा गर्न माग गरेको छ ।