अनखबर कालिकोट, माघ २ । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनले राष्ट्रियताकाे पक्षमा संघर्षलाई घनिभूत बनाउने निर्णय गरेको छ।
संगठनकाे भेरी-कर्णाली ब्युराेकाे बैठकले वर्तमान सरकार इतिहासकै भ्रष्ट र राष्ट्रघाती भएको निश्कर्ष सहित आगामी कार्यक्रम बनाएको जनाएको छ।
बिहिवार निकालिएको विज्ञप्तिमा भनिएको छ- लिम्पियाधुरा-लिपुलेक-कालापानीमाथिको भारतीय अतिक्रमण, राष्ट्रघाती एमसीसी सम्झौता लगायतका बहुआयामिक साम्राज्यवादी हस्तक्षेप र देश भित्रका नेपाली अनुहारका विदेशी दलालहरुका कारण राष्ट्रियता इतिहासकै संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको बताउदै राष्ट्रियता जनजिविका तथा महंगि बिरुद्ध संघर्ष घनिभूत पार्ने निर्णय गरेको छ ।