अनखबर मकवानपुर, माघ ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा कालो ब्यानर टाँगेको छ ।
पहिले ज्ञापन-पत्र बुझाउँदा पनि क्याम्पसले वेवास्था गरेको भन्दै अखिल क्रान्तिकारी क्याम्पस ईकाई कमिटीले मूल गेटमा कालो झण्डा टाँगेको हो ।
क्याम्पसले भर्ना शुल्क शतप्रतिशत शुल्क वृद्धि गरेको छ भने मासिक शुल्क ६५ प्रतिशत बढाएपछि अखिल क्रान्तिकारी अान्दोलनमा उत्रिएको हो ।