एजेन्सी, माघ ३ । इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य अखडामा गरेको मिसाइल आक्रमणमा ११ अमेरिकी सैनिक घाइते भएको खुलासा भएको छ।
अमेरिकी रक्षा मन्त्रालयले सुरूमा उक्त हमलामा कुनै क्षति नभएको दाबी गरेपनि अहिले अाएर जनबरी ८ मा ईरानले गरेको अाक्रमणमा अमेरिकी अमेरिकी सेना घाईते भएको खुलासा भएको हो । अमेरिकी नेतृत्वमा इराक र सिरियामा आइएसआइसविरूद्ध लडिरहेको सैन्य गठबन्धनले बिहीबार विज्ञप्ति जारी गर्दै इरानी हमलापछि कयौं अमेरिकी सैनिक बेहोस भएको स्वीकार गरेको हो ।
‘आक्रमणमा कसैको मृत्यु नभए पनि अल असद एयर बेसमा रहेका थुप्रै सैनिकहरूलाई बेहोस हुने समस्या देखिएपछि उपचार गरिएको थियो र उनीहरूलाई थप केही भएको छ कि भनेर अहिले पनि परीक्षण भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘तीमध्ये केहीलाई जर्मनीको ल्याण्डस्तुल क्षेत्रीय मेडिकल सेन्टरमा थप परीक्षणणका लगि पठाइएको छ। काम गर्न समक्ष भएको देखिएपछि उनीहरू इराक फर्किने छन्।’
आफ्ना सैन्य कमाण्डर कसिम सुलेमानीको हत्या भएपछि इरानले जवाफी कारबाहीस्वरूप इराकमा रहेका दुई अमेरिकी सैन्य अखडामा मिसाइल हानेको थियो।
सुरूमा इरानले ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको थियो भने पेन्टागनले कुनै क्षति नभएको बताएको थियो।
अमेरिकी टेलिभिजन संस्था सिएनएनले मध्यपूर्वमा खटिएका अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै उक्त हमलामा ११ सैनिक घाइते भएको र उपचारका लागि तीमध्ये ८ जनालाई जर्मनी र ३ लाई कुवेत पठाइएको जनाएको छ।