अनखबर दाङ, माघ ३ । दाङमा धरौटी बुझाएर छुटे लगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना नेतालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

ने.क.पा.को भातृ संगठन दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुरज परियार र विष्णुबहादुर रावतलाई दाङ देउखुरी जिल्ला अदालतमा आज धरौटी बुझाएर निस्कने क्रममा प्रहरीले पुनः पक्राउ गरेर हिरासतमा राखेको हो ।
गएको असोज ३० गते पार्टीका मध्य कमाण्ड ईन्चार्ज वीरजंग सहित २१ जना नेताहरुलाई देउखुरी राजपुर मुङग्रेटाबाट प्रहरीले पक्राउ गरेको थियो । ३ महिनासम्म हिरासतमा बसेका उनीहरुलाई अदालतले जनही १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।

तर पुनः पक्राउ पर्ने देखिएपछि सबै कारागार जाने निधो गरेका थिए । त्यसपछि केही दिन पहिले ४ जना नेताहरु धरौटी तिरेर निस्कने क्रममा प्रहरीले लछारपछार गर्दै पुनः नियन्त्रणमा लिएर कपिलबस्तु पुराएको थियो ।