अनखबर काठमाडौं, माघ ३ । नेकपा (माले)का महासचिव सिपी मैनालीले नेत्रवीक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएर राजनीतिक समाधान नहुने बताएका छन् ।
उनलेे काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रममा बोल्दै देशभक्त शक्तिहरुलाई जबर्जस्त बिद्रोहमा धकेल्दा देश थप संकटमा जानेसमेत चिन्ता प्रकट गरे ।
मैनालीले नेकपालाई शान्तिपूर्ण राजनीतिक गतिविधिसमेत गर्न पाउने अधिकारबाट बञ्चित गरेर उसलाई बिद्रोहको बाटो अबलम्बन गर्न प्रेरित गर्नु सरकारको शैली गलत भएको टिप्पणी गरे ।
महासचिव मैनालीले संविधान, कानूनलाई नाघेर गरिएको सरकारी प्रतिबन्ध अनुचित साथै असंवैधानिक भएको आरोप लगाउँदै भने,’यति धेरै कानून र सुरक्षा हुँदा हुँदै पनि प्रतिबन्धले विप्लवसँग सरकारले द्वन्द निम्ताउन खोजेको जिकिर गरे,उनलेे विप्लव माथिको प्रतिबन्ध देश, जनताले थेग्न नसक्ने र कसैले उचित नमानेको ठकुवा समेत गरेका छन् ।
महासचिव मैनालीले अहिलेसम्म विप्लवले विदेशी शक्तिसँग सहयोग नलिने प्रतिबद्धता जाहेर गरेपनि भविष्यमा उसले त्यसलाई तोड्न सक्ने खतरासमेत जाहेर गरे ।
महासचिव मैनालीले नेपालको विगतको इतिहास साक्षी छ भन्दै विप्लवले मर्ता क्या कर्ता नहीँ भने जस्तै आफूलाई जोगाउन विदेशीको सहयोग लिएर थप संकट ननिम्त्याउलान भन्ने के ग्यारेन्टी भन्दै प्रति प्रश्न गरे ? त्यसैले विप्लवले बिद्रोहको बाटो त्याग्ने र सरकारले अनुद्दार नीति त्यागेर राष्ट्रिय एकता कायम गर्नु पर्नेमा उनको जोड थियोे ।
महासचिव मैनालीले २००७ सालपछि लगातार देश कमजोर बन्दै गएको परिवेशलाई स्मरण गराउँदै, ती प्रत्येक अस्थिरतामा विदेशी शक्तिहरुको हात रहँदै आएको र त्यसमा स्वदेशी देशभक्त भिनिने शक्तिहरुले आफ्नो नीजी स्वर्थ अनुकुल सहमति दिएको आरोप लगाए ।
कहिले जातीय तथा पहिचानको द्वन्द्वलाई, कहिले संविधान संसोधन र अहिले विप्लव, एमसीसी लगायतका द्वन्द्व
देशलाई खतरनाक अस्थिरतामा धकेल्ने र देशको सार्बभौमिकतालाई नै ध्वस्त पर्ने दिशामा गएकोप्रति चिन्ता जाहेर गरे ।