अनखवर

माघ ४/ बुटवल

बुटवल भाषा साहित्य गाेष्ठी सम्पन्न प्रश्रित प्रतिष्ठान नेपाल सिद्धार्थनगर रूपन्देही र बुटवल उपमहानगर पालिकाकाे संयुक्त अायाेजनामा एक दिने बुटवल भाषा साहित्य गाेष्ठी सम्पन्न भएको छ। पहिलाे शत्रकाे कार्यक्रमकाे अध्यक्षता ,बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदीले गरेका थिए भने दाेर्साे शत्रकाे अध्यक्षता प्राज्ञ डा.कपिलदेव लामिछानेले गर्नुभएको थियो प्राज्ञ बुंद रानाकाे प्रमुख अातिथ्यता,बुटवल उपमहानगरपालिका उप प्रमुख.गाेमादेवि अाचार्य ,साहित्यकार देबेन्द् घिमिरे ,बालकृष्ण भट्टराई लगायतको अातिथ्यता कार्यक्रम संयाेजक बुटवल बहुमुखी क्याम्पसका उप प्रध्यापक तथा साहित्यकार डा.नारायण पन्थकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे । भाषा साहित्य गाेष्ठि कार्यक्रममा रूपन्देहीमा नेपाली साहित्यकाे लेखन बिषयमा बुटवल बहुमुखी क्याम्पसका उप प्रध्यापक शालिकराम पाैडेलले कार्यपत्र पेश गर्नुभएको थियोे ।उक्त कार्यपत्रकाे टिप्पणी बुटवल बहुमुखी क्याम्पसका प्रध्यापक राजु भुसालले गर्नुभएको थियोे ।त्यस्तै साहित्यकार कपिल लामिछानेले प्रदेश पांचका भाषाकाे अबस्था बारेमा कार्यपत्र पेश गर्नुभएको थियोे ।

उक्त कार्यपत्र माथि टिप्पणी साहित्यकार बालकृष्ण भट्टराईले गर्नुभएको थियोे । साथै गाेष्ठिमा साहित्यकार राजेन्द्रप्रसाद अाचार्य,कृष्णप्रसाद पाण्डे ,माधवराज चुदाली ,पुरूसाेत्म घिमिरे ,मिठ्ठु सारू लगायत ५४ जना साहित्यकारहरूले अाफ्ना रचना प्रस्तुत गरेका थिए । गाेष्ठिमा बाेल्ने बक्ताहरूले साहित्य राजनीतिबाट अक्षुताे नहुने हुदा साहित्य मार्फत सामाजिक रूपान्तरणका लागि दबाब दिनु अाबश्यक रहेको बताएका थिए ।

साथै यस्ता सष्टाहरूकाे सिर्जनालाई मार्न नदिनकाे लागि निरन्तर रूपमा रूपमा विविध साहित्यक कार्यक्रम गर्नुपर्ने कुरामा जाेड दिएका थिए।