अनखबर नवलपुर, माघ ४ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपुरको अध्यक्षमा अभिनाश चयन भएका छन् ।

जिल्लाको प्रथम भेलाले अभिनाशको नेतृत्वको ११ सदस्यीय कमिटी गठन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि युवा सङ्गठन नेपालका महासचिव सागरले युवाहरूको काँधमा देश बचाउने नयाँ जिम्मेवारी अाएकाे बताए ।

उनले भने,’हाम्रो देशका दलाल शासकहरुले विदेशी साम्राज्यवादीहरुकाे जुठो पिठो खाएर नेपाल आमाकाे अस्मितालाई बेच्न खाेज्ने दलालहरुले अनुदानको नाममा एमसीसीलाई सदनबाट पास गरेर बैधानिक दिएमा याे देशको स्वाधीनताका लागि टाउकोमा राताे कफन बाँधेर संघर्षमा उत्रनुपर्छ ।’