अनखबर सिन्धुपाल्चोक, माघ ५ । सिन्धुपाल्चोकले बाह्रबिसे क्षेत्रमा निषेधाज्ञा जारी भएको छ।

बजार क्षेत्र अतिक्रमण गरी बनाइएको भन्दै टहरा भत्काइएको विरोधमा स्थानीयवासी प्रर्दशनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ बमोजिम अादेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिईन् ।

आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो। अर्को व्यवस्था नभएसम्मका लागि आदेश कायमै रहने निर्देशनमा उल्लेख छ।

आदेश अनुसार बाह्रबिसे बजारबाट तीन सय मिटर पूर्वसम्म, पश्चिममा भोटेकोशी खोलाको पुलसम्म र उत्तरको इलाका प्रहरी कार्यालय बाह्रबिसेसम्म निषेधाज्ञा जारी गरिएको छ। यस्तै, दक्षिणतर्फ पिस्कर क्षमादेवी जाने बाटोको सुनकोशी चोकसम्म निषेधाज्ञा छ।

बाह्रबिसे नगरपालिकाले  शुक्रबार अतिक्रमित क्षेत्रबाट टहरा भत्काएको थियो। त्यसको विरोधमा शनिबारदेखि प्रदर्शन भइरहेको छ।