अनखबर कञ्चनपुर, माघ ५ । सुदुरपश्चिम विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको उपकुलपति र रजिस्ट्रारको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेका छन् ।

दुवै विद्यार्थी संगठनले अाईतबाट संयुक्त विज्ञप्ति निकाल्दै सुदुरपश्चिम विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको उपकुलपति र रजिस्ट्रारको नियुक्ति प्रक्रिया यथाशाक्य अगाडि बढाउन सरकार सङ्ग जोडदार माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ,’सु.प. विश्वविद्यालयमा लामो समय देखि रिक्त रहेको उपकुलपति र रजिस्ट्रारको नियुक्ति प्रक्रिया यथाशाक्य अगाडि बढाउन सरकार सङ्ग जोडदार माग गर्दछौं । सरकारद्वारा प्रस्तावित उच्च शिक्षा ऐन २०७६ मा केही विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयहरु जस अन्तर्गत हाम्रो सु.प. विश्वविद्यालय समेत प्रादेशिक सरकार अन्तर्गत पर्ने हुँदा सरकारको यस्तो आफ्नो उत्तरदायित्व बाट पछिने कामकार्यबाहीको घोर निन्दा गर्दछौं साथै उक्त ऐन मस्यौदा सच्याउन सरकार सङ्ग जोडदार माग गर्दछौं ।’

सुदुरपश्चिम पश्चिम विश्वविद्यालयमा भोलेन्ट्रीको रुपमा अमेरिकी दूतावास बाट प्राध्यापनका लागि आएका प्राध्यापक जेम्स जोम्स लाई विश्वविद्यालयका प्राध्यापक राजेन्द्र जोशी लगायतको समुहले आर्थिक शोषण र दुर्ववहार गरी १० महिनाका लागि आएका प्राध्यापकलाई ०४ महिना मै जबर्जस्ती विभिन्न झुठो आरोप लगाएर फिर्ता पठाईएको भन्दै दुबै विद्यार्थी संगठनले छानबिनको माग गरेका छन् ।