अनखबर कैलाली, माघ ५ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सेती-महाकाली ब्यूरोले प्रधानमन्त्रीलाई अमेरिकी सरकारको तर्फबाट नेपालमा लागु गर्न खोजिएको मिलिनियम च्यालेन्स कर्पोरेशन पारित नगर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको

छ ।

सुदुरपश्चिम प्रदेश सरकारमार्फत नेपाल कम्युनिष्ट पार्टी सेती महाकाली ब्यूरोले आइतबार ज्ञापनपत्र बुझाएको हो ।

ब्यूरो ईन्चार्ज निर्माणको हस्ताक्षर भएको ज्ञापनपत्रमा भनिएको छ,‘यो सम्झौता हिन्द प्रसान्त रणनीतिको अभिन्न अंग भएको र त्यसलाई सैन्य आर्थिक प्याकेजको रुपमा नेपालमा लागु गर्न थालिएको कुरा प्रष्ट भइसकेको छ । नेपाल सरकारका तर्फबाट यो आर्थिक विकासको कार्यक्रम भएको र अमेरिकी दुतावासका तर्फबाट पनि यो पुर्वाधार विकासको कार्यक्रम मात्र भएको र यसमा सैन्य मामिला नजोडिएको भनीयता पनि अमेरिकी सरकारका विदेश मन्त्रीले यो हिन्द प्रसान्त रणनीतिकै अंग भएको र नेपाल देश त्यस रणनीतिसंग जोडिएको प्रतिक्रिया दिएकाले यो स्पष्ट रुपमा सैन्य परियोजना हो भन्ने पुष्टि हुन्छ ।’

ज्ञापनपत्रमा अमेरिकी परियोजना एमसीसी चिनिया बीआरआइलाई रोक्न भारतलाई साथमा लिने,नेपालमा सैन्य सिविर राखेर चाइनालाई घेर्न तथा नेपालको प्राकृतिक श्रोत,त्यो पनि यूरेनियम जस्तो महत्वपूर्ण धातु कब्जा गर्ने उदेश्य संग जोडिएको देखिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘ यदि यो सम्झौता लागु गरिएमा नेपालको सार्वभौमिकता समाप्त हुनेछ ।’