अनखबर मोरङ, माघ ६ । मोरङको मिक्लाजुङ गाउपालिकाको रमितेमा राखिएका ३ वटा स्काभेटरमा बम विष्फोट भएको छ ।

निर्माणाधीन मिक्लाजुङ-आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा अज्ञात समूहले  विष्फोट गराईएको गरेको स्थानीयवासीले बताएका छन् ।

प्रदेश १ सरकारको ५८ करोड ५६ लाखको बजेट ठेक्का स्वीकृत भै सडक कालो पत्रे गर्नका लागि सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँ पुगेको ३ वटा स्काभेटरमा क्षति पुगेको छ ।

क्षतिको विस्तृत विवरण आइनसकेको मधुमल्लामा रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।