अनखबर संखुवासभा, माघ ६ । विप्लव नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन, नेपाल संखुवासभा जिल्ला सदस्य सोम तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ ।

सोमबार बिहान सभापोखरी गाउँपालिका वडा न. ३ सुनाम्लाबाट तामाङलाई प्रहरीले गिरफ्तार गरेको संगठनले जनाएको छ ।

जनताको घरमा काम गरिरहेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरि बेपत्ता परेको संगठनको भनाई छ ।