अनखबर कालिकोट, माघ ६ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले खुल्ला जनसभाहरुलाई तिव्रता दिईरहेको छ ।
पार्टीको केन्द्रीय कार्यक्रम अनुुसार जिल्लाका विभिन्न ठाउँमा राजनीति तथा साँस्कृतिक अभियान तीब्ररुपमा अगाडि बढिरहेको जिल्ला सेक्रेटरी रणदिपले जानकारी दिए ।
नेकपाले सोमबार नरहरिनाथ गाउँपालिका अन्तर्गत रुप्साकाे राष्ट्रिय जनता माविमा जनसभा तथा साँस्कृतिक सभा सम्पन्न गरेको छ। जनसभामा जनताकाे उल्लेखनीय सहभागी रहेकाे नेकपा कालिकोटको भनाई छ ।
सभालाई जिल्ला स्तरका नेताहरुले सम्बाेधन गरेका थिए । कार्यक्रममा नेताहरुले आफ्नो पाटीलाई दलालहरु जबर्जस्त युद्धमा धकेल्न खोजेको भन्दै आपत्ति जनाए ।
उनीहरुले जनतालाइ बिभिन्न सपना बाँड्दै जनतालाई लुटिरहेको भन्दै आक्राेश व्यक्त गरे । कार्यक्रममा केन्द्रीय साँस्कृतिक टाेली सामनाद्वारा जनवादी गीतहरु प्रस्तुत गरेका थिए ।