अनखबर
बुटवल माघ ६ । लुम्विनी प्रादेशिक अस्पतालको अध्यक्षमा पाल्पा मदन पोखराका सूर्य बहादुर भटराई नियुक्त भएका छन ।
आज बसेको मन्त्री परिषद बैठकले भटराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी दिदै सरकारका प्रवक्ता बैजनाथ चौधरीले भटराई संगै बुटवलकी रिज्जु श्रेष्ठलाई नियुक्त गरीएको जानकारी दिए ।
मानबिकी बिषयमा स्नातक ५५ बर्षिय भटराई यस २०५९ सालमा पश्चिम नेपाल बस ब्यवसायी संघको अध्यक्ष भएका थिए भने पछिल्लो समय रम्भादेवी कलेज अफ मेडिकल साईन्सेजको अध्यक्षको रुपमा रहेका थिए ।