अनखबर चितवन, माघ ६ । राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी गिरफ्तार भएका छन् ।
चितवनमा बाटोमा हिडीरहेका वेला बिना जानकारी प्रहरीले गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ ।
लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मञ्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभियान संचालन गर्दै आएका छ्न् ।
उनी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
उनले पछिल्लो समय अमेरिकी परियोजना एसीसीका विषयमा बहस चलाउदै अाएका थिए । लोहनी यस अघि १३ दिन हिरासत बसेर छुटेका थिए ।