अनखबर काठमाडौं, माघ ७ । सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ ।

संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले मंगलबार ११ बजेदेखि २ बजेभित्रको समयमा नेकपा सापाकोटाबाहेक अन्य दलबाट सभामुखमा उम्मेदवारी नपरेको जानकारी दिए ।

प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी काँग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी परेको छैन । सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ ।

यसअघि कांग्रेस ले सभामुखमा उम्मेदवारी दिने बताएपनि पछि हटेको छ । कांग्रेसले उपसभामुखमा दाबी गरेको छ ।

उपसभामुख अाफ्नो पार्टीलाई दिन माग गर्दै कांग्रेस नेता रामचन्द्र पौडेलले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल समेत गरेका छन् ।