अनखबर काठमाडौं, माघ ७ । प्रहरीले  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङलाई गिरफ्तार गरेको  छ ।

सिन्धुपाल्चोक मेलम्ची–९ का ४४ वर्षीय तामाङलाई भक्तपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरेको पुष्टि गरे ।

सेक्रेटरी तामाङमाथी अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।