अनखबर नवलपरासी पश्चिम, माघ ७ ।नवलपरासी पश्चिमको हुप्सेकोट गाउपालिकाको गाडिले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ ।
हुप्सेकोट गाउपालिका-४ नयाँ बजारमा गाँउपालिका उपाध्यक्षलाई घर छोडेर फर्कने क्रममा गाउपालिकाको गाडिले ठक्कर दिदा ५ बर्षिय दीप गाहाँको मृत्यु भएको हो ।
ग १ झ ३८९ नम्बरको गाउपालिकाको गाडिले कार्यालयबाट एक सय मिटरको दुरीमा घरमा नै खेलिरहेका बालकलाई ठक्कर दिदा बालकको घटना स्थलमै मृत्यु भएको हो ।
बाटोमा रोकिराखेको हुप्सेकोट गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष चढ्ने मोटरसाईकलमा गाउपालिकाको गाडिले ठक्कर दिएपछि गाडि अनियन्त्रित भएर घरमा ठक्कर दिन पुगेको थियो ।
गाउपालिकाको गाडिले मृतक बालक सहित उनकी आमा र एक युवालाई ठक्कर दिएको स्थानीय प्रदिप पाण्डेले जानकारी दिए ।
मृतक बालक सहित घाईते महिला र युवालाई अस्पताल लगिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।