अनखबर डेस्क, माघ ७ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन, नेपालले देशका विभिन्न ठाउँमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार युवा संगठनले मंगलबार देशका विभिन्न ठाउँमा अन्तरक्रिया गरेको हो । युवा संगठन कञ्चनपुरले बेदकोट नगर क्षेत्रमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले राष्ट्रियता, स्वाभिमान रक्षाका लागि युवाको भूमिका प्रमुख हुने बताएका छन् । राष्ट्रियतामाथी साम्राज्यवादी हस्तक्षेप र वर्तमान राज्य व्यवस्थामा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले राष्ट्रियता रक्षाका लागि युवाको अहम भूमिका हुने बताएका हुन् ।

कार्यक्रममा सहभागि युवा, विद्यार्थी, बुद्धिजीवि, नेताहरुले कालापानी सहित देशका विभिन्न भागमा भईरहेको सीमा अतिक्रमण भारतीय हस्तक्षेप, एमसीसी लगायतका विभिन्न राष्ट्रिय स्वाधिनतासंग जोडिएका विषयमा सरकारले गम्भिर हुनुपर्ने बताए ।

प्रमुख अथिति समेत रहेका नेकपा कञ्चनपुरका सचिवालय सदस्य विक्रमले राष्ट्रियताका लागि युवाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहनु पर्नेमा जोड दिए । युवा संगठन कञ्चनपुरका अध्यक्ष मनमोहन जोशीले नेपाली राष्ट्रियतामाथी साम्राज्यवादी शक्ति लगायतका विदेशी तत्वहरुले नेपालको राष्ट्रियता कमजोर बनाउने विषय अघि सारेकाले त्यसमा युवा चनानो हुनुपर्ने उल्लेख गरे ।

युवा संगठन, नेपाल अछामले पनि केन्द्रीय कार्यक्रम अनुसार अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख वक्ताका रुपमा संगठनका केन्द्रीय सदस्य विजय तथा कालिका माविका प्राचार्य धर्म साउद, स्वास्थ्य विभाग इन्चार्ज बल ब. बुढा थिए ।
भेरी-कर्णाली ब्युरो अन्तर्गत विशेष जिल्लाले पनि ” नेपाली राष्ट्रियता माथि साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्यव्यवस्था र युवाहरूको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

युवा संगठन नेपाल, बाँकेले पनि अन्तरक्रिया सम्पन्न गरेको छ । संगठनका जिल्ला अध्यक्ष दिपेशको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख वक्ता दीप, ने.क.पा.का बाँके सचीव सुनिल, राष्ट्रय प्रजातान्त्रिक विद्यार्थी संघका केन्द्रीय महामन्त्री विजय काफ्ले, समाजवादी विद्यार्थी युनियनका ५ नं. प्रदेश संयोजक सङ्गम पोख्रेल, सत्तारुढ नेकपाका प्रतिनिधि वाशु शर्माको आतिथ्यता रहेको थियो ।

सहभागि वक्ताहरुले लिम्पियाधुरा-लिपुलेक-कालापानी माथिको भारतीय अतिक्रमण, राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध सम्पूर्ण युवा-विद्यार्थीहरु एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

युवा संगठन नेपाल जाजरकोटले पनि “नेपाली राष्ट्रीयता माथी साम्राज्यवादी हस्तक्षेप ,बर्तमान राज्य ब्यबस्था र युवाहरुको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम नलगाड नगरपालिकाको वडा नम्बर -५सिर्केमा गरेको छ ।

दाङमा पनि अन्तरक्रिया सम्पन्न भएकाे छ ।  युवा संगठन दाङले आयोजना गरेको कार्यक्रम युवा संगठनका केन्द्रीय सदस्य वीरेन्द्रको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा  प्रमुख अथिति  नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी  भग्वानराजले राष्ट्रियताका लागि युवाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहनु पर्नेमा जोड दिए ।

युवा संगठन नेपाल राप्ती ब्यूरो इन्चार्ज  अनिलले नेपाली राष्ट्रियतामाथी साम्राज्यवादी शक्ति लगायतका विदेशी तत्वहरुले नेपालको राष्ट्रियता कमजोर बनाउने विषय अघि सारेकाले त्यसमा युवा सचेत हुनुपर्नेमा जोड दिए

कार्यक्रममा विभिन्न राजनीतिक संगठन र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्तिथिती रहेको थियो।

युवा संगठन नेपाल कैलालीले पनि केन्द्रीय कार्यक्रम अनुसार    ” नेपाली राष्ट्रियता माथी साम्राज्यवादी हस्तक्षेप, वर्तमान राज्यव्यवस्था र युवाहरुको भुमिका” विषयक अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख वक्ताका रुपमा सेती-महाकाली ब्युरो सदस्य तर्कराजले देशको विभिन्न भागमा भइरहेको सिमा अतिक्रमण भारतिय हस्तक्षेप , एनसीसी लगायतका विभिन्न राष्ट्रिय स्वाधीनतासङ्ग जोडिएका विषयमा सरकारले गम्भिर हुनुपर्नेमा जोड दिए ।

युवा संगठन नेपालका कैलाली जिल्ला अध्यक्ष महेन्द्रले नेपाली राष्ट्रियमाथी साम्राज्यवादि शक्ति लगायता विदेश तत्त्वहरुले नेपालको राष्ट्रियता कमजोर बनाउदै गैइरहेको र यस्ता क्रियाकलापहरु रोक्न र राष्ट्रिय स्वाधीनता जोगाउन युवाहरुले भूमिका खेल्नु पर्ने समय आएको बताए।