कृष्ण पाण्डे
फर्साटिकर, माघ ७
रुपन्देही स्थित शुद्दोधन गाउपालिकाको आयोजनामा दोस्रो शुद्दोधन शैक्षिक महोत्सव मंगलवार देखि शुद्दोधन गाउँ पालिका वडा नम्बर ४ स्थित फर्साटिकर माध्यमिक विद्यालयको खेलमैदानमा शुरु भएकेा छ ।
प्रदेश सासद तुलसी चौधरीले उक्त शैक्षिक महोत्सवको एक कार्यक्रमका बीच रिबन काटेर उदघाटन गरि समाज र राष्ट्रकाे विकासकाे लागि शिक्षालाई ब्याबहारिक तथा ब्याबसायिक गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियोे ।


कार्यक्रममा शुध्द्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले शुध्द्धोधन गाउँपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्नका लागि गाउँपालिकाले यस्ता कार्यक्रमको आयोजना गरेको बताउनुभयो साथै । जबसम्म शिक्षामा परिवर्तन हुदैन तबसम्म आर्थिक समृद्धि हुन नसक्ने भएकोले गाउँपालिकाको पहिलो प्राथमिकता शिक्षामा सुधार गरी समृद्ध नेपाल र सुखी जनता भन्ने नारालाई सार्थक बनाउने बताउनुभयो ।त्यस्तै कार्यक्रममा शुद्धाेधन गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नतपाणी मरासिनीले शैक्षिक सुधारको लागि शुद्धाेधन गा .पाले जस्तो सुकै कार्य गर्न पछि नहट्ने र शिक्षण सस्थालाई राजनीतिबाट मुक्त गर्ने अभियानमा सम्पूर्ण अभिभावकहरू लाग्नुपर्ने कुरामा जाेड दिनुभएको थियोे । शुध्द्धोधन गाउँपालिका ४ का अध्यक्ष तथा शैक्षिक महोत्सव कार्यक्रमका संयोजक राजेन्द्र कंडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न र शुध्द्धोधन गाउँपालिकालाई एउटा नमूना शैक्षिक हवको रुपमा विकास गर्नका लागि यो महोत्सवले सहयोग पुग्ने बताउनुभयो । शिक्षा क्षेत्रमा सुधार नगरिकन समृद्ध नेपाल नबन्ने भएकोले शिक्षालाई गरिखाने र व्यवहारिक हुने खालको शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शुध्द्धोधन गाउँपालिकालाई नेपालकै नमूना शैक्षिक हवका रुपमा विकास गर्नका लागि आफुहरु सक्रिय भएर लागेको बताउनुभयाे। साथै उक्त कार्यक्रमकाे सन्चालन शिक्षाशाखा प्रमुख चन्द्कान्त शर्माले गर्नुभएको थियोे ।उदघाटनको अवसरमा विभिन्न २८ विद्यालय बिच विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।
हाइजम्प माध्यमिक तह छात्र तर्फ भएको प्रतियोगितामा फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ।त्यसै गरि शुद्दोधन इङलिस बोर्डिङ स्कुल दोस्रो र भुजौली इङलिस बोर्डिङ स्कुल तेस्रो हुन सफल भएको छ।
छात्रा तर्फ भएको हाइ जम्प प्रतियोगितामा भुजौली इङलिस बोर्डिङ स्कुल प्रथम ,ज्ञान पुन्ज विद्या मन्दिर दोस्रो र शंकर माध्यमिक विद्यालय तेस्रो भएका छन् ।
१५०० मिटर माध्यमिक तह छात्र बिच भएको प्रतियोगितामा गुरौली मावी पहिलो ,फर्साटिकर सिद्दार्थ दोस्रो र तिलोत्तमा अङ्ग्रेजी मावी तेस्रो भएका छन् ।
माध्यमिक तह ब्याडमिन्टन छात्रा तर्फ भएको खुला प्रतियोगितामा लिटल फ्लावर्स प्रथम ,तिलोत्तमा अङ्ग्रेजी मावी दोस्रो भएको छ भने फर्साटिकर मावि र ड्रीमभिजन तेस्रो भएका छन् ।
प्रावी तह लङ्गजम्प छात्र तर्फ भएको प्रतियोगितामा भुजौली इङलिस बोर्डिङ स्कुल पहिलो ,सन फ्लावर इङलिस बोर्डिङ स्कुल दोस्रो र ज्ञान पुन्ज विद्या मन्दिर तेस्रो भएको छ।
स्मरण क्षमता प्रतियोगितामा भुजौली इङलिस बोर्डिङ स्कुल पहिलो ,सिसै मावी दोस्रो र सीता किङ्ग्स इङलिस स्कुल तेस्रो भएकाे छ ।